Kath khabar
नेप्सेमा १२ अंकले गिरावट : १० वटा समुहको सूचक घट्दा तीन वटाको बढ्यो



               काठमाडौं, असार २८ । नेप्सेमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से १२ दशमलव ६२ अंकले घटेर दुई हजार ८४ दशमलव ९३ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ९० अंकले घटेर तीन सय ९१ दशमलव २५ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ९६ वटा कम्पनीहरुको ५७ हजार छ सय ४५ पटकको कारोबारमा ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका मध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा सहितका संस्थाहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज एनएमबी बैंकको ऋणपत्र २०८५, सिद्धार्थ बैंकको ऋणपत्र २०८५ को आदिको शेयर मूल्य बढेका छन् भने लिबर्टी इनर्जी कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update