काठमाडौं, असार २९ । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तान बीचको खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
कोलम्बो क्रिकेट क्लबको मैदानमा नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि सुरु भएको खेलमा नेपालले १० ओभरमा ६ विकेट गुमाएर ४१ रन बनाएको छ । योसँगै नेपाल संकटमा परेको छ । छैठौँ विकेटमा नेपालले पवन सरार्फलाई गुमाएको हो ।
पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् ।
गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा हुनेछ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।