काठमाडौं, असार २९ । आज नेपाली सुनचाँदी बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ ।
आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर १ हजार ४ सय ८० रुपैयाँ पुगि हालसम्म कै उच्च रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत जेठ २८ गते प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर चाँदीले नयाँ रेकर्ड बनेको थियो।
आज शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।