Kath khabar
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य

 

                 काठमाडौं, असार २९ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान 'ए' लाई नेपालले १८० रनको सामान्य लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले मध्यम प्रदर्शन गर्दै ३९ ओभरमा १७९ रनमा अलआउट हुँदै पाकिस्तान 'ए'लाई १८० रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई सोमपाल र प्रतिश जि.सी ५८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।  राजवंशी १ रनमा अविजित रहे ।

पाकिस्तान 'ए'का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए। मुबासिर खानले १ विकेट लिए।  तीव्र गतिका बलर शाहनबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update