Kath khabar
नेप्सेमा १२ अंकको उच्चवृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै



           काठमाडौं, असार ३१ । नेप्से उच्च अंकले बढेको छ । आज आइतबार नेप्से १२ दशमलव १६ अंकले बढेर दुई हजार ९७ दशमलव शून्य नौं अंकमा कायम हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ९० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा कायम हुन पुगेको छ ।

नेप्सेमा आज दुई सय ८६ वटा कम्पनीहरूको ३९ हजार ३७ पटकको कारोबारमा ७१ लाख ८४ हजार दुई सय ५४ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार पाँच सय ७३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये पाँच वटा समुहले गुमाएपनि आठ वटा समुहले भने कमाएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका आठ वटा समुहहरुको सूचक बढेका छन् भने जलविद्युत, फाइनान्स, जीवन बीमा, होटल तथा पर्यटन र ट्रेडिङ सहितका पाँच वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये सनराइज फोकस इक्विटी फण्ड, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल ग्रोथ फण्ड आदिको शेयर मूल्य बढेका छन् भने लिबर्टी इनर्जी कम्पनी, बिन्ध्याबासिनी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नबिल बैंक आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update