घट्यो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं, साउन १ । नेपाल आयल निगमले आइतबार मध्य रातिबाट स्वचालित मूल्य प्रणाली लागू गरेको छ। निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो।
स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको हो ।
हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो ।
निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १, २०८० ०८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय