Kath khabar
सञ्चालनमा ल्याइयो एयरवेज ब्युटी एकेडेमी, गौरी र प्रशान्तले गरे उद्घाटन


              काठमाडौं, साउन १ । सुन्धारास्थित काठमाण्डौ मलमा शुक्रबारबाट सुन्दरताका पारखीहरूलाई मध्य नजर गर्दै हेयर वेज ब्युटी एकेडेमी सञ्चालनमा आएको  छ । अभिनेत्री गौरी मल्ल र अभिनेता प्रशान्त ताम्राकारको उपस्थितिमा हेयर वेज ब्युटी एकेडेमीको उद्घाटन गरिएको हो ।

प्रशान्त र गौरी मल्लले उद्घाटनमा रिबन काट्दै संस्थाकी संस्थापक रिना निरौलालाई सफलताको कामना गरेका थिए । लामो समयदेखि यसै पेसा (सौन्दर्यको क्षेत्र) मा आबद्ध रहँदै आएकी रिना निरौलाले आफ्नै लगानीमा मलको चौथो तलामा सो एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । रिना सँगै निर्मला खतिवडाको पनि यस एकेडेमीमा लगानी रहेको छ ।

एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापनसँगै ट्रेनिङ समेत सञ्चालन गरिने निरौलाको भनाइ छ । साथै, सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नयाँ काममा साथ दिएकोमा रिनाले धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update