दुर्घटना
ललितपुरमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेर मर्निङ वाकमा हिंडेका युवकको मृत्यु
मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ
ललितपुर, साउन २ । ललितपुरमा मंगलबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ लेले सौर भञ्ज्याङका २६ वर्षीय राजु सिङताङको करेन्ट लागेर मृत्यु भएको हो।
मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय