Kath khabar
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेलमा टस हार्यो, युएई ‘ए’ ले पहिला ब्याटिङ गर्दै

 

              कोलोम्बो, काठमाडौं, साउन ३ ।  एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ । नेपालले श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा हारेको छ  । खेलमा युएई 'ए' का कप्तान अली नासिरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालले  पाकिस्तानसँग १ सय ७९ र भारतसँग १ सय ६७ रनमा अल आउट भएको थियो । नेपाल भारतसँग सुरुवाती १० ओभरमा ३७-५ को अवस्थामा थियो भने पाकिस्तान विरुद्ध नेपाल सुरुवाती १० ओभरमा ४३-६ को अवस्थामा थियो । 

पाकिस्तान विरुद्ध सोमपाल कामीले ७५ र भारत विरुद्ध रोहित पौडेलले ६५ रन बनाएर नेपालको साख जोगाएका थिए ।तर, युएई विरुद्ध नेपालबाट उत्कृष्ट ब्याटिङको अपेक्षा गरेको थियो । 

युएईले  दोस्रो र नयाँ रोजाईका खेलाडीहरु पठाएका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान 'ए' सँग ४ विकेट र दोस्रो खेलमा भारत 'ए' सँग ९ विकेटले पराजित भएको थियो । युएई भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएको थियो ।

युएई 'ए' लाई जितको कुनै दबाब नरहेको तर, खेलमा नेपाललाई दबाब हुने बताइएको छ । पछिल्लो समय सिनियर टोलीेले नेपालसँग लगातार हार्दै आएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update