काठमाडौं, साउन ३ । नेप्से बढेको छ । अघिल्लो दिन झण्डै १० अंकले बढेको नेप्से आज बुधबार पुन ११ दशमलव १७ अंकले बढेर २१ सय ६५ दशमलव २४ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ३३ अंकले बढेर चार सय १० दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ६० वटा कम्पनीहरुको ५१ हजार चार सय ४५ पटकको कारोबारमा ८६ लाख ७४ हजार एक सय नौं कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, उत्पादनमूलक, सामूहिक लगानी कोष ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक बढेकाछन् । यि बाहेक जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य सहितका आठ वटा समुहहरूको सूचक भने घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बिपीडब्लु लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एनआईबिएल समृद्धि फण्ड २, सामलिङ पावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी, फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।