Kath khabar
अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको अबैध संरचनामा महानगरले चलायो डोजर

                 

               काठमाडौ, साउन ३ । काठमाडौं महानगरपालिकाले अनामनगरको देवीनगरस्थित रुद्रमती कोरिडोरमा रहेको भद्र कुमारी घले फाउन्डेसनमा डोजर लगाएको छ ।

सार्वजनिक जग्गा कब्जा गरी सदन सञ्चालन गरेपछि महानगर प्रहरीले डोजर लगाएर खाली गराएको हो । यसअघि नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाएको महानगरले जनाएको छ ।

असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिने गरि २०६२ सालदेखि सञ्चालनमा आएको ५ रोपनी १२ आनामा अवस्थित सो भवनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको थियो ।

आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने महानगरले जनाएको छ भने आश्रममा रहेको विद्यालयको व्यवस्थापन महानगरको शिक्षा विभागले गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update