Kath khabar
ललिता निवास प्रकरण : अख्तियारका पूर्व प्रमुख बस्नेत दिल्लीबाट पक्राउ

 

             काठमाडौं, साउन ४। बालुवाटार जग्गा प्रकरणका अभियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात पक्राउ परेका छन् ।

बस्नेतलाई नेपाल प्रहरीको टोलीले भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरेको हो । बस्न्यातलाई बिहीबार काठमाडौं ल्याइने प्रहरी स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा घोटालामा संलग्न रहेको आरोपमा सचिव कृष्णबहादुर राउत, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङलगायत वरिष्ठ अधिकारीलाई पक्राउ गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update