Kath khabar
महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु

 

                अकल्यान्ड, साउन ४।  न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा २ जनाको ज्यान गएको छ । प्रहरी अधिकारी सहित ६ जना घाइते भएका छन् ।

एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा २ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल शुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।

घटना पछि न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिंसले राष्ट्रिय सुरक्षाको खतरा नरहेकाले विश्वकप फुटबल प्रतियोगिता योजना अनुसार शुरु हुने बताउनु भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update