Kath khabar
सुनचाँदीको मूल्य हालसम्मकै उच्च

 

                 काठमाडौं, साउन ४ । आज बिहीबार सुन र चाँदीको मूल्यले यस वर्षकै नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज हालसम्मकै उच्च मूल्य राख्दै नयाँ रेकर्ड कायम गरेको हो।

आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ । आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको गर्दै प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १ हजार ४ सय ९५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update