Kath khabar
झिनो अंकले घट्यो नेप्से


                    काठमाडौं, साउन ४ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से झिनो अंकले घटेको छ ।

नेप्से आज एक दशमलव ३१ अंकले घटेर २१ सय ६३ दशमलव ९२ अंकमा सीमित हुन पुगेको छ । सेन्सिटिभ इन्डेक्स भने  शून्य दशमलव शून्य पाँच अंकले बढेर चार सय १० दशमलव ५२ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ६४ वटा कम्पनीहरुको ५४ हजार नौं सय ५४ पटकको कारोबारमा ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र ट्रेडिङ समुहको सूचक बढेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज विशाल बजार कम्पनी, सानिमा इक्विटी फण्ड आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड २, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, ज्योति विकास बैंक आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update