Kath khabar
युरोकपः स्वीडेन बिजयी 

युुरोप, असार ५। युरो २०२०मा स्वीडेनले पहिलो जित निकालेको छ । रुसको सेन्ट पिर्टसबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै टिमले पाएका महत्वपुर्ण अवसर खेर फालेका थिए । ७७ औँ मिनेटमा स्वीडेनले गोलको खडेरी तोडेको थियो ।

स्वीडेनका रबिन क्वेसनलाई स्लोभाकियाका गोल किपर मार्टिन डुब्राभ्काले फल गरेपछि पेनाल्टी दिइएको थियो । सो पेनाल्टीमा इमाइल फोर्सबर्गल गोल गर्नुभएको हो । जितपछि तीन अंक थप्दा स्वीडेनले २ खेलबाट चार अंक बनाउँदो समूह ईको शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा रहेको स्पेनले एक अंक जोडेको छ भने पोल्याण्डले खाता खोलेको छैन ।

क्रोयशियाले चेक रिपब्लिकसँग अंक बाड्यो  

क्रोएशिया र चेक गणतन्त्रले एक एक गोलको बराबरी खेलेका थिए । ३७ औं मिनेटमा चेक टीमले अग्रता लिएको थियो । क्रोएसियाका डेजान लोभरेनलले पेनाल्टी एरियामा चेक खेलाडी प्याट्रिक शिकमाथि फाउल गर्नुभएको थियो ।

भिडियो असिस्टेन्ट रेफ्रीले लोभरेनको फाउलमाथि पेनाल्टी दिएपछि शिकले अवसरको सदुपयोग गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले शुरुमै बराबरी गोल गरेको थियो । ४७ औं मिनेटमा इभान पेरिसिचले अन्द्रेज क्रमारिचको पासलमा सुन्दर गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याउनुभएको थियो ।

शुक्रबार रातिको नतिजा पछि समूह डीमा चेकगणतन्त्र ४ अंकसहित शीर्ष स्थानमा रहँदा समान चार अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ । क्रोएशिया र स्कटल्याडले एक एक अंक रहेको छ । युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्ड गोलरहित बराबरी खेलेका छन् ।

वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड स्कटल्यान्डसँग गोलरहित बराबरी गर्दै एक एक अंक लिन बाध्य भयो । सुरुआतदेखि नै बल पोसेसनमा प्रभाव जमाएको इङ्ल्यान्ड प्रभावकारी फिनिसिङ गर्न असफल रह्यो । यदी घरेलु मैदानमा जित हात पारेको खण्डमा इंग्ल्याण्ड एकखेल अघि नै अन्तिम १६ मा पुग्ने थियो ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update