दाङ, साउन ५ । दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धा बसभित्रै बलात्कृत भएकी छन् ।
७३ वर्षीया वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेका थिए ।
घोराहीस्थित एक संस्थामा बस्दै आएकी ति वृद्धा उपचारका गर्नका लागि तुलसीपुर आएकी थिइन् । ७३ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेका भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।