काठमाडौं, साउन ५ । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् ।समूह ‘बी’ मा रहेका नाइजेरिया र क्यानडाले बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
खेलको इन्जुरी समयमा नाइजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो । आजको दोस्रो खेलमा अहिले समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड खेलिरहेका छन्। त्यस्तै, आजको अर्को खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो १:१५ बजे खेल हुनेछ ।
त्यसैगरी फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । अहिले नाइजेरिया र क्यानडाबीचको खेल चलिरहेको छ ।
नाइजेरिया र क्यानडा समूह ‘बी’ मा रहेका छन् । आजको दोस्रो खेलमा समूह ‘ए’ को फिलिपिन्स र स्विट्जरल्यान्ड बिहान पौने ११ बजे र आजको तेस्रो खेलमा समूह ‘सी’ को स्पेन र कोस्टारिकाबीच दिउँसो १:१५ बजे खेल हुनेछ ।
हिजोदेखि शुरु भएको महिला विश्व कपमा आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डले विजयी सुरुवात गरेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।