Kath Khabar
चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक



                काठमाडौं, साउन ७ । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ को पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्र आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने छ । चलचित्रको निर्माता आभा शर्मा नेपालको जन्म दिनको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिकसँगै चलचित्रको प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभाले बताइन् । चलचित्रमा नारी पात्रलाई विशेष महत्व दिइएको पनि निर्माता आभाले बताइन् ।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । फोर क्युब इन्टरटेनमेन्ट ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।

चलचित्र ‘जुलेबी’ को केही देशहरूको ओभरसिज राइट्स पनि बिक्री भइसकेको निर्माण टिमले बताएको छ। चलचित्रको वितरणको जिम्मा डिसीएनले लिएको छ  गर्नेछ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update