अब सार्वजनिक यातायातका चालक, सहचालकलाई ड्रेस र परिचयपत्र
काठमाडौं, साउन ७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधन चलाउने चालक तथा सहचालकलाई सवारी चलाउँदा लगाउनुपर्ने पोशाक वितरण गरेको छ ।
मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र, ड्रेस हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयले आईतबारदेखि सार्वजनिक यातायातका कर्मचारीहरुलाई पोशाक, परिचयपत्र र सवारी साधनको सफाई अभियान सुरु गरेको हो ।
महासंघले काठमाडौंमा रहेका सबै सवारी साधनका चालक तथा सहचालकले ड्रेस अनिवार्य रुपमा लगाउन र यातायातको सिट सफाईमा विशेष ध्यान दिन आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय