सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात
प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए
काठमाडौं, साउन ८ । काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय साजन मगरको अवस्था अझै थाहा हुन सकेको छैन ।
हिजो खोलाले बगाएर बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बेपत्ता बालकको खोजिकार्यमा अहिले प्रहरी, विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनाको टोली तथा काठमाडौंका विभिन्न युनिटहरू खटाईएको छ। अहिले बागमती वरिपरी र कालिमाटी देखि कीर्तिपुर एरियासम्म खोजिकार्य जारी रहेको छ ।
प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय