विलिङटन, साउन ८ । फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स र जमैका बीचको खेल गोल रहित बराबरीमा सकिएको छ ।
आइतवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा फ्रान्स र जमैका गोलरहित बराबरीमा रोकिए । यो बराबरीसँगै समूह 'एफ' मा रहेका दुवै टोलीले १/१ अङ्क जोडेका छन् ।
यसअघि भएको समूह 'जी' को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको छ । त्यस्तै समूह 'ई' को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई हरायो ।
फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिल लगायतको खेल हुँदैछ । नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।
आजका अरु २ खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा २ बजे समूह ‘एच’ को जर्मनी र मोरक्कोबीच खेल हुनेछ । यस्तै, बेलुका पौने ५ बजे समूह ‘एफ’ को ब्राजिल र पानामा खेल्दैछन् ।
हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । ३२ टोलीको सहभागिता रहेको विश्वकपमा आउँदो अगस्ट २० तारिखसम्म हुने छ ।