बैतडीमा पहिराले घर पुरिँदा आमाछोराको मृत्यु
बैतडी, साउन ८ । बैतडीमा पहिराले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
आज बिहान ३ बजे घरमाथिबाट पहिरो खस्दा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १२:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय