भारत, असार ५। भारतका चर्चित एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको ९१ वर्षका उमेरमा निधन भएको छ । फ्लाइङ सिखको उपनाम बाट परिचित मिल्खाको कोभिड १९ संक्रमण बाट उत्पन्न समस्याका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ ।
केही समय अघि मिल्खालाइ कोरोना संक्रमण भएको थियो । रिपोर्ट नगेटिभ आएपछि पनि मिल्खामा कोरोना संग सम्बन्धित स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको गएराती चन्दीगढको पिजीआइ अस्पतालमा निधन भएको हो । केही दिन मिल्खा पत्नी निर्मल सिंहको ८६ वर्षको उमेरमा कोरोनाकै कारण मृत्यु भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मिल्खाको निधन प्रति दुख ब्यक्त गर्दै एक महान खेलाडी गुमाएको बताउनुभएको छ । मिल्खाले एशीयाली खेलकुदमा दुई सय र चार सय मिटर दौडमा गरी चार स्वर्ण जित्नुभएको छ । उहाँ भारतीय खेलकुदका हाइ प्रोफाइल खेलाडीमा पर्नुहुन्छ । वलिउडमा उहाँको जवनीमा आधारित चलचित्र 'भाग मिल्खा भाग' बनेपछि उहाँ नयाँ पुस्तामा लोकिप्रय बन्नुभएको थियो ।