फिफा महिला विश्वकप : अर्जेन्टिना इटलीसंग १-० गोलले पराजित
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ
अकल्यान्ड, साउन ८ । फिफा महिला विश्वकप फुटबल २०२३ मा इटलीले अर्जेन्टिनालाई हराएको छ ।
आज सोमवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० गोलले हरायो । इटलीका लागि खेलको ८७ औँ मिनेटमा क्रिस्टिना गिरेलीले गोल गरिन् । यो जितसँगै समूह 'जी' मा रहेको इटलीले ३ अङ्क जोडेको छ ।
विश्वकपमा आजै दिउँसो सवा २ बजे समूह 'एच' को जर्मनी र मोरोक्को खेल्दैछन् । यस्तै बेलुकी पौने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय