ट्विटरले लोगोमा निलो चरो परिवर्तन गरेर राख्यो एक्स, वेवसाइट पनि एक्स डटकम
मस्कले ट्विटर किने देखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको छ
काठमाडौं, साउन ८ । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो फेरेको छ । सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ ।
ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए । ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन् । आफूले किनेदेखि नै मस्कले ट्विटरको रि-ब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन् । केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए ।
मस्कले ट्विटर किने देखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय