Kath khabar
रोकियो नेप्सेको उच्च वृद्धि, २६ अंकले घट्दा चार अर्ब ७३ करोडको शेयर कारोबार



                 काठमाडौं, साउन ८ । नेप्से उच्च अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से २६ दशमलव ६६ अंकले घटेर २२ सय दशमलव ५० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव १४ अंकले घटेर चार सय १८ दशमलव ७८ अंंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ७४ हजार एक सय ६१ पटकमा दुई करोड नौं लाख ७९ हजार आठ सय ८७ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ७३ करोड ७६ लाख आठ हजार आठ सय १० रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र ट्रेडिङ सहितका ११ वटा समुहहरुको सूचक उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज किसान लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेको छ भन एनआईबिएल ग्रोथ फण्ड, स्वरोजगार लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update