चीनमा विद्यालयको व्यायामशालाको छत भत्किँदा ११ जनाको मृत्यु
किकिहार, साउन ८ । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । ४ जना भाग्न सफल भएका छन् ।
भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा ४ जना घाइते छन् । हेलोङ जियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय