Kath khabar
महिला विश्वकप : आज कोलम्बिया र दक्षिण कोरिया, न्युजिल्यान्ड र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र नर्वे खेल्दै

 

              एड्सलेड, साउन ९ ।  एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानमामाथि ४-० को सहज जित निकालेको छ ।

जितसँगै समूह ‘एफ’ को ब्राजिलले ३ अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको शुरुआत गरेको छ । विश्वकपमा पानामाको यो डेब्यू खेल हो । 

अस्ट्रेलियाको एड्सलेडस्थित हिन्दमार्श रंगशालामा सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्दा बिट्रिज जेनेराट्टो जोआओको नाममा १ गोल रह्यो ।

खेलको १९औं मिनेटमा बोर्जेसको गोल मार्फत ब्राजिलले अग्रता लिएको थियो । २९औं मिनेटमा बोर्जेसले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

४८औं मिनेटमा जाआओले ब्राजिलका लागि तेस्रो गोल गरिन् । ७०औं मिनेटमा बोर्जेले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले ४-० को सहज जित निकाल्यो । प्रतियोगिता अन्तर्गत सोमाबार नै सम्पन्न खेलमा जर्मनीले मोरोक्कोलाइृ ६-० र इटालीले अर्जेन्टिनालाई १-० ले पराजित गरेका थिए ।

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ । त्यस्तै, अर्को खेलमा बिहान सवा ११ बजे समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्स तथा दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच खेल हुनेछ । हिजो भएको खेलमा ब्राजिल, जर्मनी र इटली विजयी भएका छन् ।

ब्राजिलले पानामालाई ४-० गोलले, जर्मनीले मोरक्कोलाई ६-० गोलले र इटलीले अर्जेन्टिनालाई १-० गोलले हराएको हो । ३२ टोलीको सहभागिता रहेको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update