काठमाडौं, साउन ९ । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ३६ दशमलव १९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव ६२ अंकले घटेर चार सय ११ दशमलव १६ पुगेको छ ।
नेप्सेमा दुई सय ६७ वटा कम्पनीहरूको ५३ हजार पाँच सय ७० पटकको कारोबारमा ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये होटल तथा पर्यटन समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक घटेर रातै भएका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज किसान लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नबिल बैंक डिवेञ्चर २०८५, अभियान लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर लिमिटेड आदि परेका छन् ।