Kath khabar
कोपा अमेरिकामा अर्जेन्टिनाको पहिलो जित

ब्राजिल, असार ५ । कोपा अमेरिकामा अर्जेन्टिनाले, चीर प्रतिद्धन्दी उरुग्वे माथि एक शुन्य गोलको झिनो जीत हात पारेको छ । ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनाको दुई खेलमा यो पहिलो जित हो । लियोनल मेसीको टोलीले एघारौ मिनेटमा अग्रता लिएको थियो । मेसीको पासमा गुइडो रोद्रिगेजले हेडर गोल गर्नुएको थियो । रोद्रिगेजको  एघारौ खेल खेल्दै अर्जेन्टिनाका लागि यो पहिलो गोल हो । रोद्रिगेजले सन २०१९ पछि पहिलो पटक सुरुवाती एघारमा मौका पाउनुभएको थियो ।

प्रशिक्षक लियोनल स्केलोनीको निर्णयलाई उहाँले साही सावित गर्नुभयो । लुइस स्वारेज र इडिसन कभानीको टोली उरुग्वे खेलमा फर्कन नसक्दा रोद्रिगेजको गोलनै अर्जेन्टिनालाइ तीन अंक जोड्न पर्याप्त बन्यो । अर्जेन्टिनाले  यसअघि पहिलो खेलमा चिली संग एक एकको बरारी खेलेको थियो ।

उरुग्वेले कोपा अमेरिकामा अर्जेन्टिनालाइ सन १९८९ पछि अहिले सम्म पराजित गर्न सकेको छैन् । अर्जेन्टिनाको भने अपराजित खेल संख्या १५ पुगेको छ । जारी कोपा अमेरिकामा चिलीले पहिलो जीत हात पारेको छ । आज विहान भएको खेलमा चिलीले  बोलिभियालाइ एक शुन्य गोलले पराजित गरेको हो ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update