Kath khabar
मासु र अण्डा बिना हड्डी बलियो बनाउन खानुहोस् यी शाकाहारी खानेकुरा

 

                 काठमाडौं, साउन १० ।  स्वास्थ्य राम्रो बनाइराख्न स्वस्थ जीवनशैली आवश्यक छ। त्यसैले यस्ता खानेकुरा खानुहोस्, जसले गर्दा शरीरलाई प्रशस्त मात्रामा भिटामिन क्याल्सियम प्राप्त हुन्छ ।

अस्वस्थकर खानेकुराले धेरै किसिमका रोगहरु फैलिन थालेको छ भने प्रतिरक्षा प्रणाली पनि कमजोर बन्दै गएको छ । यसका लागि हामीले त्यस्ता खानेकुराको सेवन गर्नु आवश्यक छ, जसले गर्दा शरीरलाई प्रशस्त मात्रामा भिटामिन प्राप्त हुन्छ । यद्यपि अण्डा र मासु खाने मानिसले यसको पूर्ति गर्छन् नै तर शाकाहारी खानाले पनि यो कमीलाई पूरा गर्न सक्छ ।

शाकाहारी खाना जसले हड्डी बलियो बनाउँछ
पालुङ्गोको साग : पालुङ्गोको सागमा क्याल्सियम बढी हुन्छ । हड्डी बलियो बनाउन पालुङ्गोको सागको सेवन गर्न सकिन्छ । पालुङ्गोको सागको सेवनले हड्डीलाई दैनिक आवश्यक पर्ने क्याल्सियमको २५ प्रतिशत क्याल्सियम प्राप्त हुन्छ । पालुङ्गोको साग पातमा फाइबर धेरै हुन्छ, फलाम र भिटामिन ए पनि उच्च हुन्छ।

कोदो : कोदोलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ। कोदोले तयार पारेको खानेकुरा खाँदा हड्डी बलियो हुन्छ । यो बच्चाहरुको लागी धेरै लाभदायक मानिन्छ। यसको सेवनले हड्डी स्वस्थ रहन्छ । कोदोमा भिटामिन डी पनि उच्च मात्रामा पाइन्छ । यो ऊर्जाको राम्रो स्रोत हो, कोदो खाँदा शक्ति प्राप्त हुन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

बदाम : हड्डीको कमजोरी हटाउन बदामको सेवन गर्न सकिन्छ । बदाम ड्राई फ्रुट्स मध्ये गनिन्छ जसले शरीरलाई एकभन्दा बढी फाइदा पुर्याउँछ । कपाल र आँखाका लागि पनि बदाम उत्तम हुन्छ । क्याल्सियमसँगै बदाममा भिटामिन ई र फ्याटी एसिड पाइन्छ जसले हड्डीलाई मजबुत बनाउँछ।

तोफू : तोफूलाई भिटामिनसँगै क्याल्सियमको राम्रो स्रोत मानिन्छ। यसले शरीरमा धेरै पोषक तत्वको कमीलाई पूरा गर्न मद्दत गर्छ। यसको सेवन गर्नाले शरीरलाई प्रोटिनलगायत अन्य धेरै पोषकतत्व प्राप्त हुन्छ। यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ।

भटमास : भटमासमा प्रोटिन र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । यसको दैनिक सेवन गर्नाले हड्डी बलियो हुन्छ ।

डेरी प्रोडक्ट : हड्डी बलियो बनाउन तपाईले आफ्नो दैनिक दिनचर्यामा दूध, पनीर, दही, चीज जस्ता डेरी उत्पादनहरू बढाउनुपर्छ। दुग्धजन्य पदार्थमा क्याल्सियम र भिटामिन डी प्रचुर मात्रामा पाइन्छ। यसका साथै दुग्धजन्य पदार्थमा प्रोटिनको मात्रा पनि बढी हुन्छ ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update