सुन तस्करी प्रकरणमा रास्वपाद्धारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
यस विषयमा छलफलका लागि रास्वपाका सांसदहरूले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन् जसको प्रस्तावकमा डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेका छन् ।
प्रस्तावमा यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास गर्यो ? लगायत सम्बन्धी विस्तृत अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ भने सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय