काठमाडौं, साउन १० । साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज पुन आठ दशमलव ११ अंकले घटेर २१ सय ५६ दशमलव २० अंकमा खुम्चिएको छ ।
यसैगरी सेन्सिटिभ दुई दशमलव शून्य पाँच अंकले घटेर चार सय नौं दशमलव ११ अंकमा खुम्चिएको छ । नेप्सेमा आज दुई सय ६० वटा कम्पनीहरुको ४२ हजार सात सय १४ पटकको कारोबारमा ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ रुपैंयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा फाइनान्स, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र ट्रेडिङ सहितका १० वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज किसान लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जाल्पा लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, जाल्पा लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने ग्लोबल आईएमई बैकको संस्थापक शेयर, शिवम् सिमेन्ट, एभरेष्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।