Kath khabar
राष्ट्रियसभा बैठक आज बस्दै, मिटरब्याज सम्बन्धि विधेयक टेवुल हुने


                काठमाडौं, साउन ११ । राष्ट्रियसभा बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ ।

राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले टेबुल गर्ने कार्यसूचि रहेको छ ।

गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई बिहीबारको बैठकमा पेश गरिने छ। अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउन मिटर ब्याजसम्बन्धी विधेयक ल्याइएको हो ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update