काठमाडौं, साउन ११ । बागलुङमा झुन्डिएको अवस्थामा मृत भेटिएका वरिष्ठ सई उज्वल पौडेलको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
इलाका प्रहरी कार्यालय भीमगिठ्ठेका इन्चार्ज पौडेल नजिकै बजारमा रहेको आशा होटल एन्ड लजमा सोमबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार कुटपिटपछि बेहोस भएका पौडेललाई होटल सञ्चालकले पर्दाले घाँटीमा कसेर झुन्ड्याएको बताईएको छ । प्रहरीले होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय बिनोद कुँवरलाई मंगलबार पक्राउ गरेको छ । होटलका आमाछोराविरूद्ध पौडेलका बुवा खेम शर्मा पौडेलले उजुरी दिएका छन् । पौडेलसँग भएको २ तोला सुन लिने उद्देश्यले हत्या गरेक उजुरी पत्रमा उल्लेख गरिएको छ ।
पौडेल होटेलमा मृत फेला परेको भन्दै होटेल सञ्चालकले राति १२ बजे वडाध्यक्षलाई जानकारी गराएका थिए। वडाध्यक्षले प्रहरीलाई जानकारी गराएपछि राति २ बजे प्रहरी चौकी बुर्तिवाङको टोली घटनास्थल पुगेका थियो।