Kath khabar
२१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद


                   काठमाडौं, साउन ११ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ ।

नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मुल्यको एनटिसी र एनसेलको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको हो । बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update