Kath khabar
महिला विश्वकप : आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दै

 

               वेलिङ्गटन, साउन ११ ।  फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । आज अमेरिका र नेदरल्यान्ड्स, पोर्चुगल र भियतनाम तथा अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् । आज हुने पहिलो खेलमा बिहान पौने ७ बजे समूह ‘ई’ का अमेरिका र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

त्यस्तै, समूह ‘ई’ कै पोर्चुगल र भियतनाम दिउँसो सवा १ बजे खेल्नेछन् । आजको अर्को खेलमा दिउँसो पौने ४ बजे समूह ‘बी’ का अस्ट्रेलिया र नाइजेरियाबीच खेल हुनेछ ।

हिजो भएका खेलमा क्यानडा, स्पेन र जापान विजयी भएका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेलमा १-१ गोलको बराबरी भयो । अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् ।

नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल रुर्डको गोलबाट अग्रता लिएको थियो तर अमेरिकाका लागि खेलको ६२औँ मिनेटमा लिन्डसे होरानले बराबरी गोल फर्काइन् । त्यसपछि कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।

३२ टोलीको सहभागिता रहेको विश्वकप आउँदो अगस्ट २० तारिखसम्म हुनेछ । 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update