काठमाडौं, साउन ११ । नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ अंकमा सीमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव २६ अंकले घटेर चार सय तीन दशमलव ८४ अंकमा सीमित भएको छ । आज नेप्सेमा दुई सय ७१ वटा कम्पनीहरुको ४४ हजार छ सय ७२ पटकको कारोबारमा ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार पाँच सय ५४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, अपर हेवाखोला हाइड्रो पावर कम्पनी, बाराही हाइड्रोपावर लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा किसान लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, एभरेष्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।