कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड
कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ
कुवेत, साउन ११ । कुवेतले बिहीबार ५ जनालाई मृत्युदण्ड दिएको छ।
प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विस्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका १ सदस्य समेत रहेका कुवेती सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ। उक्त आक्रमणमा २६ जनाले ज्यान गुमाएका थिए।
कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० १६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय