Kath khabar
बाढिमा फसेका चार जनाको सकुशल उद्वार



                 पोखरा, साउन १४ । कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको साउन १३ गते राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.क. र १९ वर्षिय क्षितिज नेपाली फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको हो ।

 

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update