Kath khabar
१५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट

 

                 काठमाडौं, साउन १४ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

तोकिएको समयभित्रमा निर्वाचन खर्च नबुझाउने उम्मेद्वारविरुद्ध १५ हजार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका ४ सांसदहरुले उच्च अदालतमा रिट दिएका हुन् ।

आइतबार रास्वपाका सांसदहरु सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दर्ता गरेका हुन् । उनीहरूले आफूहरूलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय, पत्राचार र प्रेस विज्ञप्ति गैरकानुनी, स्वेच्छाचारी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले त्यसलाई बदर गर्न माग गरिएको छ ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै प्रतिनिधिसभाका एक हजार ३७ जना र प्रदेशसभाका एक हजार ३९८ उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update