Kath khabar
२६ अंकले घट्यो नेप्से, सामूहिक लगानी कोष बाहेक सबै सूचक रातै



                काठमाडौं, साउन १४ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २६ दशमलव १४ अंकले घटेर २१ सय दशमलव ३४ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ चार दशमलव १७ अंकले घटेर तीन सय ९९ दशमलव ६६ अंकमा सीमित भएको छ । आज दुई सय ६६ वटा कम्पनीहरुको ४६ हजार तीन सय २७ पटकको कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटै समुहहरुको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, सुपरमाई हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंक आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, एभरेष्ट बैंक आदि परेका छन् ।  

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update