थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ
नारथिवात, साउन १४ । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि ९ जनाको ज्यान गएको छ । घटनामा १०० जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र ११५ जना घाइते भएका बताउनु भएको छ । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ ।
विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय