Kath khabar
राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भत्काउदै महानगर


                  काठमाडौं, साउन १५ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिकाले आज भत्काउने भएको छ ।

उक्त कार्यालय नक्सा पास नगरिकनै बनाएको र विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेको भन्दै महानगरले शुक्रवार माइकिङ गरी कार्यालय खाली गर्न तीन दिनको समय दिएको थियो, उक्त समय आज पूरा हुँदैछ ।

कार्यालयका अनधिकृत संरचना भत्काउन काठमाडौं महानगरको टोली आउने भएपछि राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि राप्रपा कार्यकर्ताले पार्टी कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update