काठमाडौँ, असार ५। नेपालले सहभागिता जनाउने एभिसी एसियन भलिबल च्याम्पियनसीपबाट पाँच राष्ट्रले नाम फिर्ता लिएका छन् । कोरोना कारण देखाउँदै भदौ १३ देखि २० सम्म फिलिपिन्समा हुने प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, न्युल्याण्ड र भियतनामले नाम फिर्ता लिएका हुन् । एसियन भलिबल महासंघ एभिसीले जुन १५ अथार्त असार एक गतेसम्म प्रतियोगिता सहभागिता जनाउने अथवा नाम फिर्ता लिने, टुंगो गर्न समय दिइएको थियो ।
जसमा यी देशले कोरोनाका कारण हुने असहजतालाई मध्य नजर गरि नाम फिर्ता लिएको बताएको मुख्य प्रशिक्षक जगदिश भट्टले बताउनुभएको हो । साथै नेपालको उत्कृष्ट १० भित्र पर्ने संभावना पनि बढेको र वरियतामा पनि माथि आउने समेत उहाँले बताउनु भएको छ । अब पतियोगितामा मात्र १२ राष्ट्रले मात्र सहभागिता जनाउनेछन् ।
जसमा आयोजक फिलिपिन्स सहित नेपाल, भारत, जपान, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपे, इरान, अस्ट्रेलिया हङकङ र उज्वेकिस्तान रहेका छ्न । प्रतियोगिताका लागि राष्ट्रिय महिला भलिबल टिमले असार एक गतेबाट प्रशिक्षण थालेको छ । त्रिपुरेस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्ड हलमा ३० खेलाडीहरु अभ्यास गरिरहेका छन् । कोभिड नाइन्टिनको रिपोर्ट नेगेटिभ आएपछि टोलीले प्रशिक्षण थालेको हो ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी : कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य
बन्द प्रशिक्षणमा अनुपस्थित खेलाडी : कामना विष्ट, पुनम चन्द, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति शान्तिकला तामाङ, हिरा केसी र सरस्वती कट्टेल प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, थारु, सरस्वती जैशी