Kath khabar
सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो प्रतिनिधि सभाको बैठक

 

                  काठमाडौं, असार १५ । प्रतिनिधि सभाको आज सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ। आज सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राख्दै आएको छ।

एमालेले उच्चस्तरीय समिति गठन नगरी संसद् चलाउन खोजेमा बेल घेराउ गर्ने र संसद चल्न नदिने सभामुख देवराज घिमिरेलाई जानकारी गराएपछि सभामुखको निर्देशनमा बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update