Kath khabar
नेप्सेमा झिनो अंकले सुधार


                  काठमाडौं, साउन १५ । नेप्सेमा झिनो अंकले सुधार आएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से पाँच दशमलव ८४ अंकले बढेर २१ सय छ दशमलव १८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव १८ अंकले बढेर चार सय एक दशमलव ८५ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरुको आज ४० हजार तीन सय तीन पटकको कारोबारमा ५५ लाख ३१ हजार सात सय ३७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब ८५ करोड ८० लाख दुई हजार एक सय ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा जलविद्युत, लघुवित्त र अन्य समुहको सुचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सनराइज ब्लुचीप फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने वीन लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर लिमिटेड, ग्लोवल आईएमई बैंकको ऋणपत्र २०८६–०८७ आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update