काठमाडौं, साउन १६ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा आकर्षक पुरस्कारहरू जित्न सकिने भएको छ ।
इसेवा मार्फत बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एक जनाले डेलको ५३२ इन्चको ल्यापटप जित्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार साउन २५ गतेसम्म सञ्चालन हुने यो अभियानमा हरेक दिन पाँच जना भाग्यशाली ग्राहकले समेत पाँच सय रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।
यो योजनामा सहभागी हुन कुनैपनि लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा मार्फत भुक्तानी गरेको हुनुपर्नेछ भने भुक्तानी गर्ने व्यक्ति इसेवामा प्रमाणित भएको हुनुपर्नेछ । दैनिक उपहार विजेताको नाम हरेक हप्ता इसेवाको ब्लग र फेसबुक पेज मार्फत सार्वजनिक गरिनेछ भने योजनाको अन्त्यमा ग्राण्ड पुरस्कार विजेता छनोट गरि ल्यापटप प्रदान गरिनेछ । ग्राण्ड पुरस्कार विजेताको नाम इसेवाको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरि सार्वजनिक गरिने कम्पनीको भनाई छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्टमार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी लगायत दुई लाख भन्दा सेवा तथा मर्चेन्टको भुक्तानी गर्न सकिन्छ ।