थुनामा राख्ने आदेश गलत भएको भन्दै उच्च अदालत पाटन पुगे नक्कली शरणार्थी प्रकरणका नेताहरु
काठमाडौं, साउन १६ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको दुई नेता उच्च अदालतमा पुगेका छन् ।
पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै थुनामुक्त गर्ने आदेशको माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको उनिहरुको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय